राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपालका लागि गणतन्त्र इजिप्टकी राजदूत नोहा हम्दी अहमद एलगेबालीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार उक्त अवसरमा नेपाल र इजिप्टबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।

भेटवार्ताको क्रममा राष्ट्रपति पौडेलले राजदूत एलगेबालीलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।