दोलखामा बोलेरो गाडी दुर्घटना हुँदा दुईजना महिलाको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन्।
दोलखाको कालिञ्चोक गाउँपालिकाको सिँगटी बजारबाट झ्याँकुतर्फ जाँदै गरेको बा १६ च ७६५१ बोलेरो गाडी शुक्रबार राति गौरी शंकर गाउँपालिका-४ डेपुङमा दुर्घटनाग्रस्त हुँदा दुई महिलाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका गौरी शंकर गाउँपालिका-४ डेपुङकी ३२ वर्षीया डोल्मा शेपा र सोही ठाउँकी ४५ वर्षीया फुलमाया शेर्पाको चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए।
सोहि दुर्घटनमा परेर घाइते भएका अर्का एक जनाको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। फाइल फोटो