पहिलो पाइला नेपाल पोखरा शाखाले आफ्नो वार्षिक अभियान अन्तर्गत रहेर “रत्तदान जिवनदान , जिवनदान महादान “भन्ने मुल नाराको अधिनमा रहि रत्तदान कार्यक्रम सस्था अध्यक्ष केनुका थापाको अध्यक्षता पोखरा महेन्द्रपुल हुलाक गेट अघि सम्पन्न गरेको छ ।
उत्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पोखरा महानगर वडा न. १५ का वडा अध्यक्ष तोरण बानिया ज्युको उपस्थिति रहेको थियो भने विशेष अतिथिमा नगर युवा परिषद उपाध्यक्ष सन्तोष न्यौपाने, मुक्तिनाथ विकास बैंकका प्रतिनिधि रसिक भन्डारि , पहिलो पाईला नेपाल कास्किका पुर्व अध्यक्ष सन्दिप सापकोटा, रन्जित दनाई लगायतका अथितिहरु उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्ने ध्य सहित मुक्तिनाथ विकास बैंकले आर्थिक रुपमा सहयोग पुर्याय्को थियो भने उत्त कार्यलयको प्रतिनिधित्व गर्दै रसिक भण्डारी ज्युले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यो सम्पूर्ण कार्यक्रम गर्नुहुने कृष्ण गिरि ज्युले ३९ युनिट रगत सकलन भएकोमा सम्पूर्ण धन्यवाद प्रकट गर्नुभएको थियो भने कार्यक्रमको सचालन सस्था सचिव विमान अर्यालले गर्नुभयको थियो ।