वडासचिव मिलन केन्द्रको अध्यक्षमा झंकनाथ पौडेल निर्वाचित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा । वडासचिव मिलन केन्द्र नेपालको अध्यक्षमा झंकनाथ पौडेल निर्वाचित भएका छन् ।

संस्थाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । उनी पोखरा महानगरपालिका वडा नं ८ का सचिव हुन् ।

संस्थाको उपाध्यक्षमा अर्जुन लामिछाने, सचिवमा युवराज पौडेल, सहसचिवमा सुदीप चापागाईँ, कोषाध्यक्षमा दुर्गा न्यौपाने छन् ।

यस्तै कार्यसमिति सदस्यमा लक्ष्मण शर्मा, कृष्णप्रसाद शर्मा, खुमलाल लामिछाने, बुद्धिप्रसाद लामिछाने, शिवहरी शर्मा, हरिमाया खत्री, बलराम सापकोटा र राजु पौडेल छन् ।

कास्कीका पाँच वटै स्थानीय तहका ७२ वटै वडामा कार्यरत वडा सचिवहरुबीच बन्धुत्व र भाइचाराको सम्बन्ध स्थापित गरी वडा कार्यालयको कार्यविधि, पद्धति, प्रक्रियामा एकरूपता र सरलता ल्याउने उद्देश्यका साथ २०७८ सालमा मिलन केन्द्रको गठन भएको थियो ।