नयाँपुल– हेम्जा सुरुङमार्ग निर्माण अघि बढाइने

पोखरा जेठ १६/ सरकारले मध्यपहाडी राजमार्गको नयाँपुल–हेम्जा खण्डमा सुरुङमार्ग बनाउने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा नयाँपुल–हेम्जा सरुङमार्गको काम अघि बढाइने उल्लेख गरे । सम्भाव्यता अध्ययन सम्पन्न भइसकेका सुरुङमार्ग निर्माणका लागि स्रोत सुनिश्चित गर्ने र निर्माण कार्यलाई अघि बढाउने योजनाअन्तर्गत नयाँपुल–हेम्जा पनि प्राथमिकतामा परेको […]
रुपन्देहीमा प्राङ्गारिक मल कम्पनीको उद्घाटन

रुपन्देहीको रोहिणीमा प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ । उक्त उद्योगको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्वराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य भएको बताए । प्रदेश सरकारले नीति तथा कार्यक्रममा सिङ्गो प्रदेशलाई प्राङ्गारिक बनाउने नीति अघि सारेको स्पष्ट पार्दै त्यसका लागि प्रवर्द्धनमुखी कार्यक्रम सञ्चालन गरिने बताए । रासायनिक मलको प्रयोगबाट […]
सर्वोच्चको आदेशः निजी विद्यालयमा विद्यार्थीलाई नेपाली बोल्न नरोक्नू

सर्वोच्च अदालतले निजी विद्यालयमा विद्यार्थीलाई नेपाली भाषा बोल्नबाट वञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ । निजी विद्यालयहरूले नेपाली बोलेवापत विद्यार्थीबाट जरिवाना लिने गरेको भन्दै तीन स्मृति अधिकारी, विवेक बख्रेल र आयुष बडालले रिट दायर गरेका थिए । रिट निवेदनकर्ता अधिकारीका अनुसार शुक्रबार सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको बताइन् । न्यायाधीश सुनिलकुमार पोखरेलको […]
फेवाताल संरक्षणमा मेयरको ठोस कदम भने :अब सहकार्यको समय

पोखरा, जेठ १६ –फेवातालको संरक्षण र मापदण्ड कार्यान्वयनको विषयमा विभिन्न चरणमा बहस भइरहेका बेला अब भने फेवातालको अस्तित्व जोगाउने कार्यमा ठोस कदम अघि बढेको छ। सर्वोच्च अदालतको २०८० साल असार ४ गतेको उत्प्रेषणयुक्त परमादेश अनुसार फेवातालको ६५ मिटर मापदण्ड कार्यान्वयनको प्रक्रिया अन्ततः कार्यान्वयनको तहमा पुगेको छ। पोखरामा आयोजित पत्रकार सम्मेलनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले […]
विनियोजन कुशलतामा सचेत भएर बजेट ल्यायौं : अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन कौशलतामाथि सचेत भएर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याइएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित ‘पोस्ट बजेट’ छलफलमा विगतमा आलोचित बनेका विषयलाई बजेटले सच्याएको बताए । आयोजनामा ३ करोडको मापदण्ड निर्धारण गरेर त्यसमा अडिग बसेको उनको दाबी छ । विकासमा असीमित आकांक्षा, सीमित स्रोतबीच, यो सीमामा रहनु चुनौतीपूर्ण […]
पोखरामा दीर्घकालीन सुरक्षा गृह स्थापना, मेयर आचार्य

पोखरा, “विभिन्न प्रकारका हिंसाबाट पीडित महिलाहरूको जीवनमा आत्मविश्वास, सम्मान र आत्मनिर्भरता फर्काउने यो पुनर्स्थापना केन्द्र सामाजिक न्यायको दिशामा लिएको ऐतिहासिक पाइला हो,” पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन समारोहमा भने। सातौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर पोखरा–३३ पुष्पवस्ती (भरतपोखरी) मा सञ्चालित दीर्घकालीन पुनर्स्थापना केन्द्र (सुरक्षा गृह) को उद्घाटन गर्दै मेयर आचार्य, यस्तो धारणा राखेका […]
‘राइड सेयरिङ’को विरोधमा गण्डकीका १५ हजार सार्वजनिक यातायात थन्किए

पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको विरोधमा प्रदेशभर सार्वजनिक यातायात ठप्प भएको छ । सार्वजनिक यातायात सञ्चालकहरूले शुक्रबार आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएर सरकारी निर्णयको विरोध गरेका हुन् । प्रदेश सरकारले चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट राइड सेयरिङ सम्बन्धी नियमावली पारित गरेको थियो । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका […]
अर्थतन्त्रलाई गतिशील बनाउने यस्ता छन् सरकारको योजना

सरकारले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउनका लागि विभिन्न सार्थक प्रयास गर्ने लक्ष्य निर्धारण गरेको छ । बिहीबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मुलुकलाई निर्धारित समयअगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूचीबाट बाहिर निकाली अर्थतन्त्रको विश्वसनीयता अभिवृद्धि गर्नु सरकारको महत्त्वपूर्ण कार्यसूची रहेको उल्लेख गरेका छन् । […]
आज कुन विदेशी मुद्राको विनिमयदर कति छ?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र […]
वडासचिव मिलन केन्द्रको अध्यक्षमा झंकनाथ पौडेल निर्वाचित

पोखरा । वडासचिव मिलन केन्द्र नेपालको अध्यक्षमा झंकनाथ पौडेल निर्वाचित भएका छन् । संस्थाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । उनी पोखरा महानगरपालिका वडा नं ८ का सचिव हुन् । संस्थाको उपाध्यक्षमा अर्जुन लामिछाने, सचिवमा युवराज पौडेल, सहसचिवमा सुदीप चापागाईँ, कोषाध्यक्षमा दुर्गा न्यौपाने छन् । यस्तै कार्यसमिति सदस्यमा लक्ष्मण […]