१२ किलो चाँदीसहित एक जना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डौको नागढुङ्गाबाट १२ किलो चाँदीसहित एक जना पक्राउ परेका छन् ।प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा बा प्र ०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक रहेका सिंहलाई बिलबीजक नभएका चाँदीका सिक्री, चन्द्रमा, पाउजुलगायतका गरगहनासहित पक्राउ गरेको परिसरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले बताउनुभयो ।

चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा चेकप्वाइन्टबाट १२ किलो १७६ ग्राम चाँदीसहित बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ घर भएका ३२ वर्षीय अनिशकुमार सिंह पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाण्डौको जनाएको छ ।