१२ किलो चाँदीसहित एक जना पक्राउ

काठमाण्डौको नागढुङ्गाबाट १२ किलो चाँदीसहित एक जना पक्राउ परेका छन् ।प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा बा प्र ०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक रहेका सिंहलाई बिलबीजक नभएका चाँदीका सिक्री, चन्द्रमा, पाउजुलगायतका गरगहनासहित पक्राउ गरेको परिसरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले बताउनुभयो । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा चेकप्वाइन्टबाट १२ किलो १७६ ग्राम […]

युवा संघ महाधिवेशन: नेतृत्व चयनका लागि मतदान सुरु

 राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पोखरा सभागृहमा मंगलबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । आगामी नेतृत्वका लागि क्षितिज थेबे र  सुमन पुरीले उम्मेदवारी दिएका छन् । सुरुमा भोटिङ पनि उनीहरूले नै गरेका छन् । निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ । हरेक प्रदेशको लागि फरक […]

१८औँ गणतन्त्र दिवसमा पोखरामा वृहत सरसफाइ कार्यक्रम सम्पन्न

पोखरा,  — १८औँ गणतन्त्र दिवसको अवसरमा आज बिहान पोखरामा वृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। पोखरा–१७ स्थित ड्रायामसाइड पार्क क्षेत्र आसपास सञ्चालन गरिएको कार्यक्रममा सरकारी तथा गैरसरकारी निकाय, स्थानीय निकायका प्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। गण्डकी प्रदेशको गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा र पोखरा महानगरपालिकाको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रम बिहान ७:३० बजे […]

पोखरा ७ द्वारा मानव सेवा आश्रमलाई खाद्य सामग्री सहयोग

पोखरा,  – पोखरा महानगरपालिका वडा नं. ७ ले आफ्नो पदस्थापन दिवसको अवसर पारेर हेमजास्थित मानव सेवा आश्रमलाई खाद्य सामग्री सहयोग गरेको छ। २०७९ साल जेठ १२ गते जनप्रतिनिधिहरूले पदभार ग्रहण गरेको दिनको स्मरणमा आयोजित कार्यक्रममा वडाले आश्रमलाई ४० हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको हो। सहयोग हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष राम मोहन आचार्य, वडा सचिवसहित […]

नवलपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

नवलपुरको मध्यविन्दु नगरपालिका ७ अम्रसा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका ७ स्थित चोरमारा बस्ने २४ वर्षका नविन कुमाल र सोही ठाउँका २२वर्षीय रादिम मिधुन छन् । अम्रसाबाट चोरमारा तर्फ आउँदै गरेको लु९प ८११६ नम्बरको मोटरसाइकल बाटो चिप्लो भएका कारण नियन्त्रण गुमाएर आज बिहान दुर्घटना भएको नवलपुर […]

अहिले नेपालमा भ्रष्टाचारको लहर चलिरहेको छ: विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले हाल नेपालमा भ्रष्टाचारको तेस्रो लहर चलिरहेको बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सोमबार बेलुकी सम्बोधन गर्दै उनले अहिलेको एमाले र कांग्रेसको सरकारले भ्रष्टाचारको ठूलो लहर चलाएको बताए। ‘हो होइन त्यो छुट्टै कुरा हो,’ उनले भने, ‘तर, सचिवले समेत दिनमा पचास […]

आज अमेरिकी डलर र अस्ट्रेलियन डलरको भाउ घट्दा यी मुद्राको भाउ बढ्यो

पोखरा ।आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ । तर, युरो, पाउन्डसहितका मुद्राको भाउ भने बढेको छ। नेपाल राष्ट्र बैंकले आजका मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा छ । हिजो अमेरिकी डलर […]

आज यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

पोखरा ।हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै […]