अहिले नेपालमा भ्रष्टाचारको लहर चलिरहेको छ: विप्लव

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले हाल नेपालमा भ्रष्टाचारको तेस्रो लहर चलिरहेको बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सोमबार बेलुकी सम्बोधन गर्दै उनले अहिलेको एमाले र कांग्रेसको सरकारले भ्रष्टाचारको ठूलो लहर चलाएको बताए।

‘हो होइन त्यो छुट्टै कुरा हो,’ उनले भने, ‘तर, सचिवले समेत दिनमा पचास लाख बुझाउँछु भन्न थालेपछि यो देश कहाँ छ भन्ने बहस चिलरहेको छ।’

त्यस्तै उनले गृहमन्त्री रमेश लेखक बौद्धिक र सोझो व्यक्ति भएको र आफूहरूसँग भेटमा सँधै सकारात्मक कुरा गर्ने गरेको बताए।

‘उहाँ मान्छे अलि भद्र र बौद्धिक मान्छे लाग्थ्यो। उहाँले नै ५० लाख रुप्पे खानुहुन्छ भनेर सचिवले भनेपछि, कि त सचिव नै पागल भा हुनुपर्‍यो होइन भने ठूलै चलखेल भएको कुरा त बाहिर आयो नि, यस्को अनुसन्धान हुनुपर्छ,’ उनले भने।