‘सुशासन र रोजगारी, समाजवादको तयारी’ विषयक अन्तरक्रिया

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटीको आयोजनामा गण्डकीमा क्रियाशील वामपन्थी दलहरुको सहभागीतामा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मुलुकमा प्रतिगामी पुनर्उत्थानवादीहरुले चलखेल गर्न खोजेको, दलाल पुँजीवादले समाजवादी समाज स्थापनामा दख्खल उत्पन्न गरेको, निरासाको व्यापार गरेर लोकप्रियवादीहरुले व्यवस्थामाथि खतरा उत्पन्न गरेको भन्दै खवरदारी गर्न तथा सुशासन र रोजगारीको व्यवस्था गरि समाजवादको आधार निर्माण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का सचिव श्रीनाथ वराल, नेता तुलबहादुर गुरुङ, अमरनाथ शर्मा, शर्मिला पौडेल, नेकपाका पोलिटब्युरो सदस्य आस्था सि, नेता उमेश सि, नेकपा माओवादी केन्द्रका प्रदेश सहसचिव टेकबहादुर बिक, नेसपा(नयाँशक्ती) का केन्द्रीय सदस्य टिकाराम पौडेल, नेता राजु क्षेत्री, राजमोका गण्डकी संयोजक शंकर बराल, क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष विक्रम थापा लगायतले मुलुकमा प्रतिगमनकारी शक्तिहरुले लोकतान्त्रिक गणतन्त्र माथि धावा बोल्ने दुस्साहस गरेको बताउँदै, त्यसका विरुद्धमा दृढतापुर्वक उभिदै प्रतिवाद गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

नेकपा (एस) का गण्डकी अध्यक्ष क. कृष्ण नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मुक्ति पौडेल, सचिव ठाकुर शर्मा सहित विभिन्न पार्टीका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरुले आफ्नो धारणा राख्नुभएको थियो ।