‘सुशासन र रोजगारी, समाजवादको तयारी’ विषयक अन्तरक्रिया

नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटीको आयोजनामा गण्डकीमा क्रियाशील वामपन्थी दलहरुको सहभागीतामा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मुलुकमा प्रतिगामी पुनर्उत्थानवादीहरुले चलखेल गर्न खोजेको, दलाल पुँजीवादले समाजवादी समाज स्थापनामा दख्खल उत्पन्न गरेको, निरासाको व्यापार गरेर लोकप्रियवादीहरुले व्यवस्थामाथि खतरा उत्पन्न गरेको भन्दै खवरदारी गर्न तथा सुशासन र रोजगारीको व्यवस्था गरि समाजवादको […]

जेठ १५ गते ११ देखि २ बजेसम्म काठमाडौं भ्याली एमालेको नियन्त्रणमा हुनुपर्छःओली

नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओलीले राजावादीहरूले काठमाडौंमा जेठ १५ गते गर्ने भनेको आन्दोलन एमालेले सफल हुन नदिने बताएका छन् । नेकपा एमाले वाग्मती प्रदेश कमिटीले आयोजना गरेको वाग्मती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीको नाममा आतङ्क मच्चाउनेलाई कुनै स्थान नदिइने स्पष्ट पारे । ‘तथाकथित राजावादीहरू, यी राजावादी […]

पूर्वसभामुख महरा प्रकरणमा जोडिएकी रोशनी शाही बालकोटमा मृत फेला

भक्तपुरको बालकोटमा एक महिला मृत फेला परेकी छन्। सूर्यविनायक नगरपालिका-३ स्थित एक घरमा ५० वर्षीय रोशनी शाही मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज नेउपानेका अनुसार आइतबार दिउसोसम्म पनि उनी बसेको कोठाको […]

१४औँ विश्वविद्यालय पोखरामै? आचार्यको सकारात्मक संकेत

पोखरा । नेपालको १४औँ विश्वविद्यालय नेपाल विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरामा राख्न सकिने सम्भावनाको खोजीका लागि पोखरा आइपुगेको विश्वविद्यालयको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल गरेको छ । नगर प्रमुख आचार्यसँगको छलफलमा टोलीले विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि आवश्यक पर्ने जग्गा महानगरपालिका क्षेत्रमा उपलब्ध हुनसक्ने केही सम्भावित स्थानहरूका बारेमा चासो राखेको थियो । सो क्रममा नगर […]

युवा संघको महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, थेबे र पुरीबिच प्रतिस्पर्धा

राष्ट्रिय युवा सङ्घ नेपालको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मनोनयन सुरु भएको छ । सर्वसम्मत नेतृत्व छान्ने प्रयास असफल भएपछि मनोनयन खुला गरिएको हो । मतदाता नामावली प्रकाशन भैसकेको छ । १ हजार ७ सय ५१ जनाको नाम अन्तिम मतदाता नामावलीमा प्रकाशन भएको छ । पर्वत, मोरङ लगायत जिल्लाको प्रतिनिधि छनोट विवाद टुङ्गिएर नामावली प्रकाशन गरिएको […]

भाटभटेनीमा ८० लाख बढीको क्षति, आरोपीबाट साढे दुई लाखको लिपिस्टिकलगायत सामान बरामद

तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनपछि कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरमा तोडफोड, आगजनी र लुटपाट हुँदा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको देखिएको छ । प्रहरी प्रतिवेदनको आधारमा आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा दायर गरेको अभियोजनपत्रमा उक्त विवरण खुलाइएको हो । भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ समेतको जाहेरीका आधारमा आपराधिक […]

जयकिसन बस्नेत अस्पतालमै बेहोस्, भएको के हो ?

कलाकार जयकिसन बस्नेत अस्पताल भर्ना भएका छन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पताल (केएमसीमा)मा उपचार गराइरहेका छोराको बिरामी कुरुवा बसेका बस्नेत अचानक ढलेपछि उनलाई सोही अस्पतालमा भर्ना गरिएको छ । शनिबार साँझ अस्पतालमा ढलेपछि जयकिसनलाई भर्ना गरिएको अस्पताल स्रोत र परिवारले जनाएको छ । उनलाई अहिले सर्जरी विभागमा भर्ना गरेर उपचार भइरहेको छ । उनका […]

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सचिवालयको बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ ।

दमौलीको मादी पुलबाट जीप खस्यो तीन जनाको मृत्यु

पोखरा / पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ५ जोड्ने मादी नदीको पुलबाट जीप खस्दा तीन जनाको ज्यान गएको छ । गएराति १२ बजे पाँच जना सवार जीप दुर्घटना भएको हो । दमौलीबाट चापाघाटका लागि छुटेको ग २ च ५७६० नम्बरको जीप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय […]