तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनपछि कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरमा तोडफोड, आगजनी र लुटपाट हुँदा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको देखिएको छ ।
प्रहरी प्रतिवेदनको आधारमा आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा दायर गरेको अभियोजनपत्रमा उक्त विवरण खुलाइएको हो ।
भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ समेतको जाहेरीका आधारमा आपराधिक उपद्व कसुरमा ११ जनाविरुद्ध अभियोजन गरिएको छ । उनीहरुले तोडफोड, आगजनी तथा लुटपाट गर्दा जम्मा ८० लाख ३३ हजार १९२ रुपैयाँको क्षति भएको निवेदन तथा जाहेरी परेको उल्लेख गरिएको छ ।
प्रहरी प्रतिवेदनको आधारमा आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा दायर गरेको अभियोजनपत्रमा उक्त विवरण खुलाइएको हो ।
भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ समेतको जाहेरीका आधारमा आपराधिक उपद्व कसुरमा ११ जनाविरुद्ध अभियोजन गरिएको छ । उनीहरुले तोडफोड, आगजनी तथा लुटपाट गर्दा जम्मा ८० लाख ३३ हजार १९२ रुपैयाँको क्षति भएको निवेदन तथा जाहेरी परेको उल्लेख गरिएको छ । ११ जना प्रतिवादीहरुबाट लिपिस्टिकलगायतका धनमाल बरामद भएको र ती सामानको मूल्य २ लाख ४३ हजार रुपैयाँ रहेको भनिएको छ । ती दशीहरु सडी गली तथा म्याद समाप्त भइ त्यसको उपयोगितामा नै हास आउने सम्भावना रहेकाले सो दशीहरु भाटभटेनीबाट खटिआएका सागर गुरुङ नाम गरेक कर्मचारीलाई भर्पाई गरी बुझाएको बताइएको छ ।
उक्त मूल्यलाई भाटभटेनी सुपर मार्केटको कुल बिगो रकमबाट घटाउँदा ७७ लाख ८९ हजार रुपैयाँ क्षति भएकाले सो रकम बराबरको बिगो मागदाबी अभियोगपत्रमा गरिएको छ ।