पोखरा, – नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीले आज पोखरा महानगर प्रमुख धनराज आचार्य, उप-प्रमुख मञ्जु देवी गुरुङ र प्रमुख प्रशासन अधिकृत शिवराज चौलागाईंलाई भेटेर मागपत्र बुझाएको छ।
महानगर कमिटीका अध्यक्ष प्रेम थापा र सचिव सुरज अधिकारीसहितको टोलीले पेस गरेको मागपत्रमा पोखरा महानगरभित्रका विकास निर्माण, जनजीविका, उत्पादन, रोजगार तथा सुशासन लगायतका महत्वपूर्ण विषयहरू समेटिएको छ।
मागपत्र बुझाउने क्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव श्रीनाथ बराल, पूर्व मन्त्री तुलब गुरुङ, प्रदेश कमिटीका उप-सचिव विवेक भुजेल र जिल्ला कमिटीका सदस्यहरूको समेत उपस्थिति रहेको थियो।
कमिटीले महानगरका सरोकारवाला निकायलाई जनताका जल्दोबल्दो समस्या र विकासका एजेन्डाहरूमा तत्काल ध्यान दिन आग्रह गरेको छ।