जेष्ठ १५ मा पोखरा युवा नेतृत्वको केन्द्र? नेकपा एसको नजर नयाँ पुस्तामा

पोखरा,  – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पोखरा महानगरपालिकाको पहिलो अधिवेशन जेष्ठ १५ गते हुने भएको छ। संगठन निर्माण, वैचारिक सुदृढीकरण र नेतृत्व रूपान्तरणका दृष्टिले यो अधिवेशन निर्णायक बन्ने अपेक्षा गरिएको छ। विशेषगरी पार्टीले नयाँ पुस्ताको सहभागिता र नेतृत्व विकासमा दिएको जोडका कारण यो अधिवेशनले युवाप्रति पार्टीको दृष्टिकोण पनि प्रस्ट पार्नेछ। नेकपा एस पोखरा महानगर […]

कञ्चनपुरमा मेलमिलापका माध्यमबाट विवाद टुङ्ग्याइँदै

शुक्लाफाँटा नगरपालिकाको न्यायिक समितिले मेलमिलापका माध्यमबाट विवादको टुङगो लगाउँदै आएको छ । चालु आर्थिक वर्षमा न्यायिक समितिमा दर्ता भएका १५ विवादमध्ये ११ वटा विवाद मेलमिलापको माध्यमबाट छिनोफानो गरिएको छ । दर्ता भएकामध्ये चारवटा विवाद विचाराधीन अवस्थामा रहेका छन् । आर्थिक वर्ष २०८०/८१ मा ३३ वटा विवाद दर्ता भएकामा ३१ मा मेलमिलापको माध्यमबाट टुङ्ग्याइएको थियो । आर्थिक […]

कास्कीको सिनुवा केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हो। भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको बताइएको छ ।

भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरेको भए लडाईं हुन्छ : बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिले नेपालमा राजा ल्याउनु नहुने भनाइ राखेका छन् । मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै उनले नेपालमा अहिले राजतन्त्र ल्याउन नहुने बताएका हुन् । संवैधानिक राजतन्त्र नमानेकाले नै तत्कालीन राजा ज्ञानेन्द्र शाह राजाबाट हट्नुपरेको उनले बताए । भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरेको खण्डमा देशमा […]

विश्व पौडेललाई गभर्नर बनाउने सहमति

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । लामो रस्साकस्सीबीच मंगलबार बिहान उनीहरूबीच सहमति जुटेको हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल यसअघि गभर्नर सिफारिस समितिमा थिए । […]

नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीद्वारा महानगर प्रमुखलाई मागपत्र पेस

पोखरा,  – नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीले आज पोखरा महानगर प्रमुख धनराज आचार्य, उप-प्रमुख मञ्जु देवी गुरुङ र प्रमुख प्रशासन अधिकृत शिवराज चौलागाईंलाई भेटेर  मागपत्र बुझाएको छ। महानगर कमिटीका अध्यक्ष प्रेम थापा र सचिव सुरज अधिकारीसहितको टोलीले पेस गरेको मागपत्रमा पोखरा महानगरभित्रका विकास निर्माण, जनजीविका, उत्पादन, रोजगार तथा सुशासन लगायतका महत्वपूर्ण विषयहरू समेटिएको छ। […]

बस र टिप्पर आपसमा ठोक्किँदा ७ जना घाइते

यात्रुवाहक बस र टिप्पर आज बिहान तनहुँ बन्दिपुर-४ गोरे चौतारा स्थित पृथ्वी राजमार्गमा ठोक्किएका छन् । रुकुम पश्चिमबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. प्र.०१-००१ अ-यो ००२७ न.को टिप्पर एक आपसमा ठोक्किएका हुन् । सो दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेहरूको लक्ष्मी अस्पताल […]

जनप्रियमा लैङ्गिक हिंसासम्बन्धी सचेतना कार्यक्रम

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले कार्यस्थलमा हुने लैङ्गिक हिंसा व्यक्त नगर्दा मानसिक पीडा सिर्जना हुने हुँदा परिवार र समाजलाई गम्भीर असर पर्ने भएकाले हिंसाका विरुद्ध सशक्त आवाज उठाएर कानुनी उपचार खोज्न सुझाए । क्याम्पस […]

राजनीति बुझ्छु, तर गर्दिनँ : प्रधानमन्त्रीपत्नी शाक्य

प्रधानमन्त्री केपी ओलीपत्नी राधिका शाक्यले राजनीतिमा नलागे पनि राजनीति बुझ्ने र विश्लेषण गर्ने क्षमता आफूले राख्ने बताएकी छिन् । प्रेस चौतारीले सोमबार राजधानीमा आयोजना गरेको ‘करुणा’ पुस्तकमाथि सम्पादकहरूसँग संवाद कार्यक्रममा उनले पहुँच खोज्दै आउनेलाई कुनै प्रवेश नदिइएको समेत दाबी गरिन् । शाक्यले ओली प्रधानमन्त्री, मन्त्री रहँदा कोही आफन्त वा नातागोतालाई अवसर नदिइएको बताइन् । त्यस्तो कुनै प्रमाण भए […]

आज यी क्षेत्रहरुमा चट्याङ्सहित वर्षा : कोशी र मधेश प्रदेशमा हावाहुरीको सम्भावना

पोखरा, हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको […]