हैदरावादसँगको हारसँगै प्ले अफ दौडबाट बाहिरियो लखनउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इन्डियन प्रिमियर लिग २०२५ को प्ले अफ प्रतिस्पर्धाबाट लखनउ सुपर जाइन्ट्स बाहिरिएको छ। सोमबारको खेलमा सनराइजस् हैदरावादसँग पराजित भएसँगै लखनउ बाहिरिएको हो।

हैदरावादले लखनउलाई ६ विकेटले पराजित गरेको हो।

पहिले ब्याटीङ गरेको लखनउले हैदरावालाई २०६ रनको लक्ष्य दिएको थियो। जून लक्ष्य हैदरावादले १० बल बाँकी रहँदा ६ विकेटको क्षतिमा पुरा गर्‍यो ।

यो सिजनको आइपिएलमा गुजरात, बैंगलोर र पञ्जाबले प्ले अफमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। लखनउ बाहिरिएसँगै बाँकी एक स्थानका लागि अब मुम्बई र दिल्लीबिच प्रतिस्पर्धा छ । समान १२ खेलमा मुम्बई एक अकंले अगाडि रहेकाले उसको सम्भावना बढेको छ। मुम्बई १४ अंकसहित अंकतालिकाको चौथो स्थानमा छ भने दिल्ली १३ अंकसहित पाँचौ स्थानमा छ। दुवै टिमका लिग चरणमा दुई खेल बाँकी छन्।

यसअघि चेन्नइ, राजस्थान, हैदराबाद र कोलकात्ता प्लेअफको प्रतिस्पर्धाबाट बाहिरिसकेका छन्।