“स्वस्थ रहन चाहने जो कोहीका लागि दौड आवश्यक छ : वडाध्यक्ष राममोहन आचार्य

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कास्की,”स्वस्थ रहन चाहने जो कोहीका लागि दौडजस्ता क्रियाकलाप आवश्यक छ,” पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्यले आज बिहान आयोजित वडा स्तरीय दोस्रो दौड प्रतियोगिता को उद्घाटन समारोहमा सम्बोधन गर्दै बताए।

“स्वास्थ्यका लागि दौड” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिता विहान ६ बजे पोखराको विभिन्न भाग हुँदै सम्पन्न भएको हो। प्रतियोगिता वडा कार्यालय तथा स्थानीय संघ-संस्थाहरूको सहकार्यमा आयोजना गरिएको थियो।

वडाध्यक्ष राममोहन आचार्यले आजको युगमा शारीरिक तन्दुरुस्ती नभई मानसिक सन्तुलन सम्भव छैन। खेलकुदले शरीरलाई मात्र होइन, सोचाइलाई पनि सक्रिय बनाउँछ। आजको दौड प्रतियोगिता एउटा सन्देश हो — हामी सबैले नियमित व्यायाम र खेलकुदलाई जीवनशैलीमा आत्मसात गर्नुपर्छ।”

वडा नं. ७ को तर्फबाट म सबै सहभागीहरूलाई बधाई दिन चाहन्छु। तपाईंहरूको यो सक्रियता नै हाम्रो समुदायको ऊर्जा हो। आगामी दिनमा हामी यस्ता कार्यक्रमहरूलाई अझ फराकिलो बनाउने योजना बनाइरहेका छौं।”

कार्यक्रममा बालबालिका, युवा, महिला तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। प्रतियोगिता विभिन्न उमेर समूहअनुसार छुट्टाछुट्टै वर्गमा सञ्चालन गरिएको थियो।