पोखरा क्षेत्रमा करिब दुई करोड रूपैयाँको तरुबुजा उत्पादन भएको छ । यसअघि विदेशबाट आयात हुँदै आएको तरुबुजा व्यावसायिक रुपमा पोखरामै उत्पादन गरिएको हो ।
तरबुजा खेतीमा ५० भन्दा बढी कृषक जोडिएका र दुई सय रोपनी क्षेत्रफलमा उत्पादन भएको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाले जनाएको छ ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको आयोजना तथा वडा नं.१३ कार्यालयको समन्वयमा तरबुजा मेला सम्पन्न भएको छ । मेलामा तरबुजा प्रदर्शनी, तरबुजा विक्री वितरण, तरबुजा खाने प्रतियोगिता, उत्कृष्ट कृषक सम्मानलगायत गतिविधि भएका थिए ।
पोखरा महानगरपालिका क्षेत्रमा उत्पादन भएका तरबुजा मेलामा राखिएका थिए । महानगरपालिकाको करिब दुई सय रोपनी क्षेत्रफलमा ५० बढी व्यवसायिक कृषकले तरबुजा खेती गरेका छन् ।
महानगरको आर्थिक विकास महाशाखाले विभिन्न समयमा प्राविधिक सहायतासमेत उपलब्ध गराएर कृषकले लगाएका तरबुजा खेतीको नियमित अनुगमन र रेखदेखसमेत गरिरहेको महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
पोखरामा तरबुजाको उत्पादन खेतीको अनुपातमा उत्साहजनक रहेको उनको भनाइ छ । यसको प्रवद्र्धनका लागि महानगरपालिकाले बजारीकरणमा समेत महत्त्वपूर्ण सहयोग गर्दै आएको उनले जानकारी दिए ।
पोखरा-१३ आर्वा ढाँडबेसी र पोखरा-३३ मा तरबुजा लगाइएको छ । कृषक श्रीधर बरालले पहिलो पटक तीन रोपनी जग्गामा चार सय ३० बिरुवा लगाएर तरबुजा खेतीको परीक्षण गरेको बताए ।
बरालले यहाँको हावापानी र माटोमा तरबुजा खेतीका लागि उपयुक्त रहेको पाइएको बताए । उनले उत्पादन गरेका तरबुजा दुई किलोसम्मका छन् । जेठको मध्यसम्ममा सबे तरबुजा पूर्णरुपमा विक्रीका लागि तयार हुने उनले बताए ।
कृषक बरालले भने, “तरबुजा खेती यस क्षेत्रमा व्यवसायिक रुपमा प्रथम पटक गरिएको हो, खेती गरिएदेखि आजसम्म राम्रै देखिएको छ ।’
‘
विभिन्न रोग र बाँदर आदि वन्यजन्तुबाट जोगाउन मुस्किल भएको उनको भनाइ छ । ‘खेतमै अस्थायी विश्रामस्थल बनाएर दिनरात पहरा दिइरहेको छु’, उनले भने ।
तरबुजा खेती लगाउन शुरुगरेदेखि आजसम्म करिब एक लाख भन्दा बढी लगानी भएको बरालले बताए ।
उनले भने, ‘अन्तिम समयसम्म मौसमले कत्तिको साथ दिन्छ, रोग नलागे र असिना नपरे मौसम अनकुल रहे एक बोटबाट १५ किलोसम्म तरबुजा उत्पादन गर्ने सकिने रहेछ ।’
वडा कार्यालयलेसमेत कृषि महाशाखासँग समवन्य गरी युवालाई उत्पादनमूलक कृषि कार्यमा लगाउने योजनामा रहेको पोखरा-१३ का वडाध्यक्ष किरण बरालले बताए ।
यसैबीच पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाद्वारा आयोजित तरबुजा मेला सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं.१३ कार्यालयको समन्वयमा भएको मेलामा तरबुजा प्रदर्शनी, तरबुजा विक्री वितरण, तरबुजा खाने प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायत गतिविधि गरिएका थिए ।
पोखरा महानगरपालिका क्षेत्रमा उत्पादन भएका तरबुजा मेलामा राखिएका थिए । मेलामा राखिएका एउटै तरबुजा करिब नौ किलोसम्मका थिए । मेलामा सहभागीले पोखरामा उत्पादन भएका तरबुजा निकै स्वादिलो र मीठो भएको प्रतिक्रिया दिएका छन् ।