पोखरा ।उच्च अदालत पोखराले विचाराधीन मुद्दाको पेसीबारे रवि लामिछानेलाई जानकारीपत्र पठाएको छ । उच्च सरकारी वकिल कार्यालयलाई पत्र लेख्दै अदालतले पेसीको जानकारी गराइदिन भनेको हो ।
त्यसको बोधार्थ रूपन्देही कारागारलाई पनि दिइएको अदालतका उपरजिस्टार नीलप्रसाद पनेरूले जानकारी दिए ।
‘हामीले पत्र पठाइसकेका छौँ । उच्च सरकारी वकिल कार्यालयलाई पत्र लेखेर कारागार कार्यालयलाई बोधार्थ पठाइएको छ,’ उनले भने । जेठ ४ गते आइतबार सुनुवाइ हुने गरी अर्को पेसी तोकिएको छ ।