चार प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

शुक्रबार बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका भूभागहरूमा वर्षा भएको छ।

मोरङको हरैचा मापन केन्द्रमा एक घन्टाको अवधीमा ४०.४ मिलिमिटर वर्षा भएको महाशाखाको वेबसाइटले देखाउँछ।

लेटाङमा ९.६ मिलिमिटर, झापाको दमकमा ७.२ मिलिमिटर वर्षा मापन भएको छ।

इलाम, धनकुटा, सुनसरी, खोटाङ, ताप्लेजुङ, काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, पर्वत, कालीकोट लगायका जिल्लाका विभिन्न भूभागहरुका हल्का वर्षा भएको छ।

शुक्रबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहने महाशाखाका पूर्वानुमान छ।त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा  पनि दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।