युवा संघ नेपालको स्थापना दिवसमा कास्कीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कास्की,  — युवा संघ नेपालको स्थापना दिवसको अवसरमा आज कास्की जिल्ला कमिटीले विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव क. श्रीनाथ बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा संघका गण्डकी प्रदेश अध्यक्ष क. कुष्णा नेपालीको विशिष्ट उपस्थिति रहेको थियो।

जिल्ला अध्यक्ष क. मिलनजंग कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचिव साजन तामाङले सञ्चालन गरेका थिए।

कार्यक्रममा सहभागी वक्ताहरूले युवा आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, वर्तमान चुनौती र आगामी रणनीतिबारे धारणा राखेका थिए। उनीहरूले युवाहरूलाई सशक्त र जिम्मेवार बनाउँदै पार्टी र समाज परिवर्तनको अभियानमा अग्रसर गराउनुपर्नेमा जोड दिए।

कार्यक्रममा विभिन्न युवाहरूको सक्रिय सहभागिता रहेको थियो भने अन्त्यमा युवा संघ नेपालको भावी गतिविधिबारे समेत छलफल गरिएको थियो।