युवा संघ नेपालको स्थापना दिवसमा कास्कीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कास्की,  — युवा संघ नेपालको स्थापना दिवसको अवसरमा आज कास्की जिल्ला कमिटीले विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव क. श्रीनाथ बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा संघका गण्डकी प्रदेश अध्यक्ष क. कुष्णा नेपालीको विशिष्ट उपस्थिति रहेको थियो। जिल्ला अध्यक्ष क. मिलनजंग कुँवरको अध्यक्षतामा सम्पन्न उक्त […]

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पोखरा जेठ १/ नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेलरमट्टीतेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।

बेरुजुमा काठमाडौं अगाडि, पोखराले सुधारको बाटो समायो

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बेरुजु रकम देखिएको महानगर काठमाडौं हो। काठमाडौं महानगरपालिकाको २७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ लेखापरीक्षण गर्दा ६८ करोड २ लाख रुपैयाँ बेरुजु देखिएको छ। त्यसपछि दोस्रो स्थानमा पोखरा महानगरपालिका रहेको छ, जहाँ १३ अर्ब ४६ करोड ७२ लाख लेखापरीक्षण गर्दा ५० […]

सप्तरीस्थित ठकन झाको ‘त्रिशक्ति मन्दिर’

ठकन झा एक नामी तान्त्रिक थिए । ‘ठकन’ उनको बालापनको बोलाउने नाम थियो र पछि यही नामबाट उनी आफ्नो कार्यक्षेत्रमा प्रख्यात भए तर उनको कागजी नाम नारायण झा थियो । उनले घोघडिहाबाट माध्यमिक शिक्षा र बनारसबाट तीन विषयमा स्नातकोत्तर प्राप्त गरी आचार्यको उपाधि प्राप्त गरेका थिए । उनी ‘दैवज्ञ’ र ‘त्रिपुल आचार्य’को पदवीबाट विभूषित भए […]

पुटिनलाई नेपाल भ्रमणको निम्तो सुनाइदिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा नेपाल र रुसबीचको मित्रवत सम्बन्धका विविध आयामबारे छलफल भएको छ । प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिए भने प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्यादिमिर […]

खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र धनगढी बजार बनेको छ । हिजोआज बगरखेतमा उत्पादित खरबुजा गोरुगाडामा राखेर धनगढी बजार आसपासका क्षेत्रमा बिक्री गरी रहेका छन् । गर्मीयाम बढेसँगै किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको धनगढी उपमहानगरपालिका–१७ का गोपाल रानाले बताए । उनले दिनमा रु १० हजारदेखि रु १२ हजारसम्मको खरबुजा बिक्री भइरहेको जानकारी […]

मोहन बस्नेतको सांसद पद निलम्बन

मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसदबाट निलम्बित भएका हुन् भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएपछि सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ । बस्नेत २०७९ मा भएको निर्वाचनमा सिन्धुपाल्चोक–२ […]

याक प्रवर्द्धनमा जुट्दै ताप्लेजुङका स्थानीय तह राससरासस बिहीबार, ०१ जेठ २०८२, १३ : ५५

दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छन् । पछिल्ला दशकहरूमा वैदेशिक रोजगारी, सहरीकरण, मौसम परिवर्तन, नयाँ पुस्तामा चासो नहुनुलगायत कारणले याकपालनप्रति आकर्षण कम हुँदै गएपछि यहाँका स्थानीय तहले याक संरक्षण र प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएका […]

मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन

मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ । भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो । तर, यस सम्बन्धी औपचारिक प्रतिक्रिया जानकारी पाएपछि मात्रै दिइने संसद सचिवालयका अधिकारीहरू बताउँछन् । प्रतिनिधि सभा सदस्य बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा बिहीबार विशेष अदालतमा मुद्दा दायर […]

‘ऊनको स्वीटर’ का दर्शक भेट्न हल पुगे विपिन

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पाँचौँ दिनसम्म दर्शकको साथ पाइरहेको छ । चलचित्रले अहिलेसम्म कति व्यवसाय गर्‍यो ? त्यो सार्वजनिक गरिएको छैन । फिल्मले राम्रो व्यवसाय गरेको दाबी निर्माण टिमले गर्दै आएको छ । चलचित्रलाई दर्शकले साथ दिएपछि निर्माण टिम कलाकार विपिन कार्की, परीक्षा लिम्बु, एलेक्स पारससहित विभिन्न हल भिजिटमा रहेको […]