ह्वात्तै घट्यो नेपाली लसुनको भाउ, किलोको कति ?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

स्थानीय बजारमा नेपाली लसुनको भाउ घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बिहीबार नेपाली लसुनको भाउ घटेको देखाएको हो ।

कालीमाटी बजारमा नेपाली र चिनियाँ गरी दुई प्रकारका लसुन किन्न पाइन्छ । आज बिहीबार सुकेको नेपाली लसुनको भाउ किलोमै १ सय रुपैयाँ घटेको छ । बुधबार नेपाली लसुन २ सय ९० रुपैयाँमा किनबेच भएको थियो । आज भने नेपाली लसुनको भाउ थोकमा प्रतिकिलो १ सय ९० रुपैयाँ कायम छ ।तर, चिनियाँ लसुनको भाउ भने आज यथावत् छ । चिनियाँ लसुन प्रतिकिलो २ सय ७६ रुपैयाँमा किनबेच भइरहेको छ । एक साताअघि चिनियाँ लसुनको भाउ किलोमा ३४ रुपैयाँ घटेको थियो । एक साताअघि थोकमा प्रतिकिलो ३ सय १० रुपैयाँ थियो ।