पोखरा ।-पोखरा–२२ पुम्दीभुम्दीको शान्ति स्तुपा बाट पोखरा तर्फ आउँदै गरेको नगर बस दुर्घटना भएको छ ।
ग १ ख ३८८६ नम्बरको बस सडकबाट तल खस्दा हाल ८ जना घाईते भएको जानकारी आफुहरुलाई प्राप्त भएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए । ४ जनाको अवस्था गम्भिर रहेको र ४ जनाको अवस्था सामान्य रहेको डिएसपी बस्नेतले बताएका छन् । घाईतेहरुलाई उपचारको लागि अस्पताला पुराइएको प्रहरीले बताएको छ ।
बसमा २० देखि २५ जनासम्म यात्रु रहेको प्रारम्भिक खबर आएपनि एकिन कति यात्रु सवार थिए भन्ने विवरण आइनसकेको प्रहरीले बताएको छ । घाईते हरुको उद्धारको घटनाबारे बिस्तुत जानकारी आउन बाँकी रहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताएका छन । घाइतेको उद्धारका लागि पोखराबाट एम्बुलेन्सहरु गएका छन् ।