युद्धविरामपछि भारत र पाकिस्तानले एकअर्काविरुद्ध चाले यस्तो कदम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाकिस्तानले मंगलबार अबेर राति भारत विरुद्ध जवाफी कारबाही गर्दै इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई ‘पर्साेना नन ग्राटा’ अर्थात् अवाञ्छित व्यक्ति घोषणा गरेको छ । यसअघि मंगलबार भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका एक पाकिस्तानी कर्मचारीलाई ‘पर्साेना नन ग्राटा’ व्यक्ति घोषणा गरेको थियो ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, अधिकारीलाई २४ घण्टा भित्र भारत छोड्न भनिएको थियो । यसको जवाफमा, पाकिस्तानी विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पाकिस्तान सरकारले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई पर्साेना नन ग्राटा व्यक्ति घोषणा गरेको छ । ती अधिकारीलाई २४ घण्टा भित्र पाकिस्तान छोड्न निर्देशन दिइएको छ ।’

जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबिचको तनाव चरम सीमामा छ । दुवै देशले एक अर्कामाथि आक्रमण समेत गरेका थिए । दुवैले एकअर्काको लागि आ–आफ्नो हवाई क्षेत्र बन्द गर्नेदेखि अनेकौं कदम चाले । मे ७ मा दुई देशबीच सुरु भएको सैन्य द्वन्द्व मे १० को साँझ युद्धविरामको घोषणासँगै समाप्त भयो ।