पोखरा बैशाख २३/ पोखरामा कोठा फोरेर सुनका गरगहना चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन । गएको मङ्गलबार रातिको समयमा पोखरा महानगरपालिका वडा नं।२ मोहरिया टोल स्थितमा २ वटा घरको कोठा फोरी सुनका गरगहना तिलहरी (१ थान, सुनको औंठी (१ थान चन्द्रमा (१ थान र नगद रु। दुई हजार समेत चोरी भएको थियो ।
वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिई गएको प्रहरी टोलिले अनुसन्धान गर्दै जाँदा जिल्ला म्याग्दी स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं। ३ बस्ने २२ वर्षीय अमृत नेपालीको घरकोठाबाट चोरी भएको सुनको तिलहरी (१ थान, चद्रमा (१ थान, चाँदीको चेन (१ थान र नगद रु दुई हजार सहित पक्राउ परेको र सोही घटनामा संलग्न धादिङ जिल्ला घर भइ हाल पोखरा महानगरपालिका ३ बस्ने २४ वर्षीय बिनोद नेपालीलाई समेत पक्राउ गरिएको छ ।
उनिहरुलाइ कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरूमा दिन सात ‘७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।