वडाअध्यक्ष पराजुलीले कर्मचारी र व्यवसायीलाई हातपात गरे

पोखरा, पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार महानगरको कार्यालयमा कर्मचारीमाथि हातपात गरेका छन। प्रशासकीय अधिकृत इश्वरी प्रसाद पोखरेलमाथि प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँको कार्यकक्षमै तालिमको विषयमा सामान्य सोधपुछ भइरहेका बेला उनी आक्रोशित भई अचानक पोखरेलको कठालो समात्दै लछारपछार गर्न थालेका थिए। टेलिफोन सम्पर्कमा प्रशासकीय अधिकृत पोखरेलले भने, “एक्कासि हातपात भयो। […]
‘ऊनको स्वीटर’ लाई युनिभर्सल सर्टिफिकेट

नेपाली चलचित्र ऊनको स्वीटरले केन्द्रीय जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्रको निर्माता आर्टमाण्डुले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको हो । अर्टमाण्डुले भनेको छ, ‘खुसीको खबर ! हाम्रो फिल्म ’ऊनको स्वीटर’ ले केन्द्रीय चलचित्र जाँच समिति बाट युनिभर्सल सर्टिफिकेट बाट प्राप्त गरेको छ । राहतको महसुस गरेका छौँ ।’ चलचित्र यही वैशाख २६ गतेदेखि […]
पूर्वमन्त्री प्रदीप नेपाल रहेनन्

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गर्यो । नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए । उनी नेकपा एमालेको ९ महिने शासनकालमा सूचना […]
वडा नं ८ मा अचार बनाउने तालिम : आत्मनिर्भरता र सीप विकासतर्फको सार्थक प्रयास

वडा नं ८ मा आयोजना गरिएको तीनदिने अचार बनाउने तालिम सम्पन्न भएको छ। स्थानीय स्तरमा सीप विकास तथा आत्मनिर्भरता अभिवृद्धिको लक्ष्यसहित सञ्चालन गरिएको तालिमको संयोजन वडा अध्यक्ष रूद्रनाथ बरालले गर्नुभएको हो। कार्यक्रमका प्रमुख अतिथि वडा नं ७ कै अध्यक्ष राम मोहन आचार्य रहनुभएको थियो भने अतिथिका रूपमा वडा सदस्यहरू पार्वति के.सी, लक्ष्मी बी.के, गोविन्द बराल, […]
पोखरामा कोठा फोरेर सुनका गरगहना चोरी गर्ने पक्राउ

पोखरा बैशाख २३/ पोखरामा कोठा फोरेर सुनका गरगहना चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन । गएको मङ्गलबार रातिको समयमा पोखरा महानगरपालिका वडा नं।२ मोहरिया टोल स्थितमा २ वटा घरको कोठा फोरी सुनका गरगहना तिलहरी (१ थान, सुनको औंठी (१ थान चन्द्रमा (१ थान र नगद रु। दुई हजार समेत चोरी भएको थियो । […]
पोखराको सेती नदीमा डुबेर बाग्लुङका युवराजको ज्यान गयो

पोखरा / पोखराको सेती नदीमा डुबेर एक युवाको मृत्यु भएको छ। बाग्लुङ जिल्लाको निसिखोला गाउँपालिका–३ घर भई हाल पोखरा महानगरपालिका(१४ स्थित मझेरीपाटन बस्ने १८ वर्षीय युवराज विक पोखरा १४ खाल्टेमसिना स्थित सेती नदिमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार , सोमबार दिउसो करीब दुई बजेको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा उनी बेपात्ता भएका थिए। […]