पोखरा / पोखराको सेती नदीमा डुबेर एक युवाको मृत्यु भएको छ। बाग्लुङ जिल्लाको निसिखोला गाउँपालिका–३ घर भई हाल पोखरा महानगरपालिका(१४ स्थित मझेरीपाटन बस्ने १८ वर्षीय युवराज विक पोखरा १४ खाल्टेमसिना स्थित सेती नदिमा डुबेर मृत्यु भएको हो।
प्रहरीका अनुसार , सोमबार दिउसो करीब दुई बजेको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा उनी बेपात्ता भएका थिए। पौडी खेल्ने क्रममा बिक बेपत्ता भएको सुचना पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं। २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले अन्दाजी १८ फिटको गहिराईबाट घटनाको करिब डेढ घन्टा पछि उनको शव बाहिर निकालेको शसस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।