पोखरा,नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग गरेका छन् ।
राष्ट्रिय सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार ढिलाइ गरिरहेको भनेर पनि प्रश्न उठाए ।
‘‘ चैत १५ गते तीनकुनेमा उत्पात मच्चाउने घटनाको माइक्रो म्यानेजमेन्ट मिलाउने ज्ञानेन्द्र शाहलाई तुरुन्त गिरफ्तार गर्नुपर्ने थियो । सरकार अहिलेसम्म के हेरेर बसेको छ रु’ उनले प्रश्न गरे, ‘सरकारले किन ढिलासुस्ती गरेको हो रु’
पूर्वराजा शाहलाई कारबाहीको दायरामा ल्याउन उनले पुनः आग्रह गरे । गत १५ चैतमा तीनकुनेमा निर्णायक आन्दोलन भनेर राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरेका थिए । हिंसात्मक भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो ।
निजी सम्पति, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र, सवारीसाधन र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो । सञ्चारमाध्यमका कार्यालयमा समेत तोडफोड र आगजनीका प्रयास भएका थिए ।