छाडा चौपायाको गोबर र गहुँतले सडक चाँडै भत्किरहेको छ : सांसद बलायर

प्रतिनिधि सभा सांसद विरबहादुर बलायरले राजमार्गमा छाडा छाडिएका पशु चौपायाको मलमुत्रले पक्की सडक चाँडै भत्किने गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी समितिमा बोल्दै सांसद बलायरले उक्त पशुहरूको कारण सडक भत्किनुकासाथै दुर्घटना समेत बढेको बताए । साथै ती पशु चौपाया सङ्कलन गरी व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन गर्न सकिन र रासायनिक मल आयात प्रतिस्थापन […]
आवासीय चिकित्सकले स्वीकारेनन् सरकारसँगको सम्झौता, आन्दोलन जारी राख्ने

आन्दोलनरत आवासीय चिकित्सक र सरकारबीच भएको भनिएको सहमति अस्वीकार गर्दै ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ले आन्दोलन जारी राखेको छ । शनिबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र केही आवासीय चिकित्सकबीच छलफलपछि चार बुँदे सहमति भएको थियो । यससँगै आवासीय चिकित्सकहरूको आन्दोलन फिर्ता गरिएको भनिएको थियो । तर स्वास्थ्यकर्मीका लागि सुरक्षित […]
पूर्वराजा ज्ञानेन्द्रलाई गिरफ्तार गर्न माओवादी सांसदको माग

पोखरा,नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग गरेका छन् । राष्ट्रिय सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार ढिलाइ गरिरहेको भनेर पनि प्रश्न उठाए । ‘‘ चैत १५ गते तीनकुनेमा उत्पात मच्चाउने घटनाको माइक्रो म्यानेजमेन्ट मिलाउने ज्ञानेन्द्र शाहलाई तुरुन्त गिरफ्तार गर्नुपर्ने थियो । […]
प्रधानमन्त्रीबाट राज्यमन्त्री गर्बुजाले लिए शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजालाई आज पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री […]
लेडी राइडरहरुको ‘राइड टु हेरिटेज साइट्स’ (तस्विरहरु)

दुई पाङ्ग्रे क्वीन्स नामक सामाजिक सञ्जाल समूहले ‘राइड ट हेरिटेज साइट्स’ (Ride to Heritage sites) नामक कार्यक्रम आयोजना गरेको छ । अन्तर्राष्ट्रिय महिला राइडर डे २०२५ को अवसरमा दुई पाङ्ग्रे क्वीन्सले बैशाख २० गते शनिबारका दिन उक्त कार्यक्रम सम्पन्न गरेको हो । काठमाडौं सोरखुट्टेस्थित लण्डन फेसन हाउसबाट सुरु भएको राइड विभिन्न स्थान हुँदै धुमबाराही पुगेर […]
एमाले सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।उनका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।
वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन

गएरातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवत जावत गर्न समस्या भएको छ । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले वर्षाका कारण भक्तपुरको सूर्यविनायक–जगाति हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए । भक्तपुर र काभ्रे जिल्ला जोड्ने राजमार्गमा छ लेनको सडक निर्माणमा ढिलाइ भएसँगै काभ्रेको […]
वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

नवलपरासी । गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । उनले गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर […]
कक्षा १२ को परीक्षा आजदेखि

पोखरा ।आज (आइतबार) देखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदै छ । आगामी २ जेठसम्म सञ्चालन हुने परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा सञ्चालनका लागि देशभरि ४८ हजार दुई सय नौ जना जनशक्ति खटिनेछन् । बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ३ […]
आज देशका अधिकांश पहाडी भू-भागमामा वर्षा हुने

पोखरा ।हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ । गएराति गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, बागमती र कोसी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा पनि गएराति वर्षा भएको छ । मेघगर्जन […]