लेडी राइडरहरुको ‘राइड टु हेरिटेज साइट्स’ (तस्विरहरु)

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दुई पाङ्ग्रे क्वीन्स नामक सामाजिक सञ्जाल समूहले ‘राइड ट हेरिटेज साइट्स’ (Ride to Heritage sites) नामक  कार्यक्रम आयोजना गरेको छ ।

अन्तर्राष्ट्रिय महिला राइडर डे २०२५ को अवसरमा दुई पाङ्ग्रे क्वीन्सले बैशाख २० गते शनिबारका दिन उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

काठमाडौं सोरखुट्टेस्थित लण्डन फेसन हाउसबाट सुरु भएको राइड विभिन्न स्थान हुँदै धुमबाराही पुगेर समाप्त भएको थियो ।

उक्त कार्यक्रममा उपत्यका भित्रका काठमाण्डौ, ललितपुर र भक्तपुरमा रहेका ओझेलमा परेका विविध सांस्कृतिक सम्पदा हरुको भ्रमण गरिएको छ ।

‘राइड टु हेरिटेज साइट्स’ कार्यक्रममा दुई पाङ्ग्रे क्वीन्सका तर्फबाट करिब २५ जना महिला मोटरसाइकल चालकको सहभागि थिए । उनीहरुले सारी, नेवारी पोशाक लगायत विभिन्न सांस्कृतिक भेषभुषामा सजिएर राइड गरेका थिए ।

कीर्तिपुरमा अवस्थित बाघभैरव, उमा महेश्वर मन्दिरमा कीर्तिपुर नगरपालिका वडा नं १ का अध्यक्ष इच्छा महर्जनले स्थानीय स्थल हरुको जानकारी दिएका थिए । साथै उनले राइडर हरुलाई धन्यवाद दिँदै आगामी कार्यक्रमको लागि शुभकामना पनि दिए ।

यस्तै ललितपुरको थेचोमा अवस्थित ब्रहमायनी मन्दिर, सिद्धिपुरको कलात्मक सिर्जना हरुको अवलोकन पनि गरिएको थियो ।

राइडहरुले नेवारी समुदायका महिलाहरू द्वारा संचालित रेस्टुरेन्ट नेवा फाल्चा थसी मा दिवा खाना खाइ विविध सम्पदाहरुको स्थलगत भ्रमण गरेका थिए ।कार्यक्रममार्फत दुई पाङ्ग्रे क्वीन्स लेडी राइडर्स समुदायले धुमबाराहीस्थित पासाङ ल्हामु स्पोर्ट्स क्लाइम्विङ्ग सेन्टरमा अभ्यासरत खेलाडीहरुलाई आर्थिक सहयोग पनि गरेको थियो ।

कार्यक्रममा सहयोगीको भुमिका निर्वाह गरेकी दुवै मोहडाबाट सगरमाथाको सफल आरोहण गरी वर्ल्ड बुक अफ गिनिज रेकर्ड राख्न सफल पहिलो नेपाली महिला पत्रकार कल्पना महर्जनले कार्यक्रम भव्यताका साथ सफल भएको र आफू कार्यक्रममा संलग्न हुन पाउँदा खुसी लागेको बताइन् ।

यस्तै मिसेस नेपाल युनिभर्स २०१८ की विजेता तथा लण्डन फेसन हाउस र टुडेज वुमनको प्रेसिडेन्ट मनिषा डंगोल श्रेष्ठले राइडिङ कार्यक्रममा आफ्नो पहिलो सहभागिता भएको रमाइलो लागेको बताइन् । उनले आफ्नो लागि यो नयाँ अनुभव रहेको र कार्यक्रममा सहयोग गर्न पाउदा खुशी व्यक्त गरिन् । यस्तै उनले नेपालमा लेडी राइडरहरुसँग राइडमार्फत नयाँ ढंगले पर्यटन प्रबर्दधनमा सहयोग गर्न गर्न पाउँदा गर्व लागेको बताइन् ।

दुई पाङ्ग्रे क्वीन्सले आयोजना गरेको यस कार्यक्रमलाई महालक्ष्मी विकास बैंक, नेवा फल्चा थसी, सिद्धिपुर र लण्डन फेसन हाउसले सहयोग गरेका थिए ।

सम्बनिध निकायको सहयोग भएमा आगामी दिनहरुमा पनि यस किसिमका अझै प्रभावकारी कार्यक्रमहरू गर्दै जाने दुई पाङ्ग्रे क्वीन्सकी संयोजक तुलसा पहाडीले बताइन् ।