पोखरा बैशाख १४/ पोखरामा बाइक मोडिफाई (स्वरुप परिवर्तन) गरि चलाउने ३५ ओटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । गएको बैशाख १ गते बाट आज १४ गते सम्म जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा उक्त सङख्याका बाइक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ । नियन्त्रणमा लिइएका बाइकहरुले चर्को आवाज निकाल्ने र स्वरुपनै परिर्वतन गरि चलाएको अवस्थामा चेकजाँच गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका बाइकहरुलाई आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाईएको कास्की प्रहरीले जनाएको छ । यस्तै प्रहरीले भनेको छ कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि अनुरोध समेत गरेको छ।