बाइक मोडिफाई गरि चलाउने ३५ ओटा सवारी साधन प्रहरी नियन्त्रणमा

पोखरा बैशाख १४/ पोखरामा बाइक मोडिफाई (स्वरुप परिवर्तन) गरि चलाउने ३५ ओटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । गएको बैशाख १ गते बाट आज १४ गते सम्म जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा उक्त सङख्याका बाइक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत […]

कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङले लागेर दुई मजदुरको मृत्यु

अन्नपूर्ण गाउँपालिकास्थित त्रिवेणी ताल (हिडन लेक) पदमार्गमा काम गर्न गएका दुई जना मजदुरको चट्याङ लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा संखुवासभाको सिलिचुङ गाउँपालिका–२ का भरतकुमार राई र महेश राई रहेको स्थानीयले बताएका छन्। पदमार्गको दोबाटोमा होटल व्यवसायी एवं पदमार्ग निर्माण समितिका अध्यक्ष राजमान गुरुङका अनुसार , त्रिवेणीताल पदमार्गको चिमाङ्गीमा सिढी लगाउने, रेलिङ हाल्ने र […]

लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउन द्धारा बिध्यार्थाी लाई सहयोग

पाेखरा १४ बैशाख/ लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनको बिध्यार्थी सहयोग कार्यक्रम पोखरा २८ कालिका आरूपाटा स्थिति लेखनाथ आधारभूत बिध्यालयलाई सहयोग गरेको छ । कार्यक्रममा क्याबिनेट सेक्रेटेरी लायन शिबराज आचार्य प्रमुख अतिथि, रिजन ३ का रिजनचेयरपर्सन लायन युवराज पौडेल अतिथि, जोन ६ का जोन चेयरपर्सन लायन श्याम प्रसाद तिमिल्सेना ,बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष एक […]

एनआरएनए महाधिवेशन रोक्न अदालतले दिएन अन्तरिम आदेश, रिटमाथि भोलि पनि सुनुवाइ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशन रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतले एनआरएनएको एकता महाधिवेशन सार्न माग गर्दै दायर रिटमा परराष्ट्र मन्त्रालय सिंहदरबार लगायत विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आइतबार उक्त […]

खाँदबारीमा ७२ वर्षीय वृद्धको हत्या

संखुवासभाको खाँदबारीमा एक वृद्धको हत्या भएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको सुतिरहेकै स्थानमा हत्या भएको हो । संखुवासभा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार घरको बरन्डाको कोठामा सुतिरहेको अवस्थामा शनिबार राति करिब १२ बजेतिर वृद्धको हत्या भएको हो । घाँटी थिचेर गम्भीर घाइते बनाएको अवस्थामा उनलाई उपचारका लागि मनकामना सामुदायिक […]

सुदूरपश्चिमको मानव विकास सूचकांक सुधार गर्न जरुरी : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेश मानव विकास सूचकांकमा निकै तल रहेकाले उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्ने बताएकी छन् । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा आइतबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरू विषयक अन्तक्र्रियामा उनले यस्तो बताएकी हुन् मन्त्री राणाले भनिन् […]

भारत छाड्ने अन्तिम दिन रुँदै फर्किए पाकिस्तानी

जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच सम्बन्ध चिसिएको छ । भारत सरकार पाकिस्तानविरुद्ध एक्सनको मोडमा छ । सार्क भिसामा भारत आउने पाकिस्तानी नागरिकहरूका लागि बहिर्गमन समयसीमा अप्रिल २६ मा समाप्त भएको थियो भने मेडिकल भिसामा आउनेहरूबाहेक सबैको लागि आज अर्थात् अप्रिल २७ मा समाप्त हुँदैछ ।पाकिस्तानी नागरिकहरूलाई जारी गरिएको मेडिकल भिसा अप्रिल २९ […]

महजोडीको दोस्ती ४५ वर्ष पुरा, भन्छन् : स्वास्थ्यले साथ दिएसम्म सहकार्य गर्छौं

‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् । राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी श्रृंखलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रुपमा परिचित छन् । मह जोडीका […]

शिक्षक आन्दोलनका क्रममा झडप

काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो । शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो । बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेको छ । शिक्षकहरूले […]

कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना संसद सचिवालयमा

नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको सूचना सभामुखलाई पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार नै संघीय संसद सचिवालयमा पत्र पठाएर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी गराएको हो । सांसद राईलाई शनिबार साँझ कपनस्थित उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस […]