सशस्त्रका गोताखोरले ५० फिट गहिराइबाट निकाले पोख्रेलको शव

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुर्खेतको सिम्ता गाउँपालिका–४ का गोविन्द पोख्रेलको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेका छन् ।

सिम्ता गाउँपालिका–४ स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बुधबार ५८ वर्षीय पोख्रेल डुबेर बेपत्ता भएका थिए

खोजीमा परिचालित भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोर टोलीले बिहीबार दिउँसो ५० फिट गहिराइबाट शव निकालेको हो ।

नदीमा डुबेर बेपत्ता भएको खबर पाएसँगै खोजीका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेश चिप्ले सुर्खेतबाट टोली परिचालन भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।