सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन : सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो पार्टी नेकपा एमालेले सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न नसिकाउने बताएकी छिन् । लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंको भृकुटिमण्डपमा आयोजित युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । सम्बोधनको क्रममा उमप्रमुख डंगोलले आफूलाई एमाले मन पर्नुको कारण खुलाएकी थिइन् । ‘एमालेले कसैको घर जलाउन सिकाउँदैन् । […]

सरकारमा रहीरहनु कांग्रेसको बाध्यता : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारमा रहीरहनु कांग्रेसको बाध्यता भएको बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा महामन्त्री थापाले भने, ‘आज हामी बाध्यतामा छौं । सरकारमा हामी एक्लै छैनौं । कतिपय हामीले कम्परमाइज गरेका छौं । तर आधारभूत कुराहरूमा हामी कम्परमाइज गर्दैनौं । हामीले भन्न सक्नुपर्छ, प¥यो भने हामी यस्तो सरकारबाट बाहिर […]

एयरपोर्ट–सेतिपुल सडक खण्डमा पिच ब्रेकथ्रु, मेयर आचार्यको कडा निर्देशन: निर्माण कार्य समयमै सक्न जोड

पोखरा–मुग्लिङ सडकको एयरपोर्टदेखि सेतिपुलसम्मको खण्ड एकतर्फी पिचसहित सफलतापूर्वक ब्रेकथ्रु भएको छ, जसले यातायातका लागि नयाँ युगको थालनी गरेको छ। सडक निर्माणका प्रमुख कामहरू तीव्र गतिमा अघि बढिरहेका छन्, र मेयर धनराज आचार्यले काम समयमै सम्पन्न गर्न ठेकेदारलाई कडा निर्देशन दिएका छन्। सम्भाव्य ट्राफिक अवरोध र सवारी चालकको असुविधा कम गर्नको लागि मेयर आचार्यले निर्माण कार्यमा […]

सशस्त्रका गोताखोरले ५० फिट गहिराइबाट निकाले पोख्रेलको शव

भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुर्खेतको सिम्ता गाउँपालिका–४ का गोविन्द पोख्रेलको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेका छन् । सिम्ता गाउँपालिका–४ स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बुधबार ५८ वर्षीय पोख्रेल डुबेर बेपत्ता भएका थिए खोजीमा परिचालित भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोर टोलीले बिहीबार दिउँसो […]

काठमाण्डौको ढुंगेअड्डामा गुड्दै गरेको बसमा आगलागी

पोखरा, ११ बैशाख २०८२। काठमाडौंको ढुंगेअड्डामा सडकमा गुड्दै गरेको बसमा आगलागी भएको छ। कलंकीबाट थानकोट जाँदै गरेको पाँचपोखरी यातायातको ९७८६ नम्बरको बसमा बिहीबार दिउँसो चन्द्रागिरी नगरपालिका-१५ स्थित पिपलबोटको मूल सडकमा आगलागी भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार सडकमा गुड्दै गरेको बसमा आगलागी हुँदा बस पूर्णरुपमा क्षति भएको छ। उनका अनुसार यात्रु […]

कश्मिरमा मारिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि, काकाले दिए दागबत्ती

भारतको जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको छ । मंगलबार मारिएका सुदीपको आज रुपन्देहीको बुटवस्थित घर ल्याएर अन्त्येष्टि गरिएको हो । सुदीपलाई काका कपिलदेव न्यौपाने (कृष्ण)ले दागबत्ती दिएका छन् । बुबा ध्रुव र आमाबीच सम्बन्ध बिच्छेद भएकाले बुबाको साटो काकाले सुदीपलाई दागबत्ती दिएको छिमेकी थानेश्वर पौडेलले जाकारी […]

नेपाल युथ गेम्स हुने, ६ खेल समावेश गरिने

सार्थक खेल संसारको नेतृत्वमा नेपाल यूथ गेम्स २०८२ हुने भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै यूथ गेम्सको औपचारिक घोषणा गरिएको हो । यस प्रतियोगिता यू-१५ उमेर समूहका किशोर–किशोरीहरूलाई लक्षित गरिएको छ। प्रतियोगिता फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, एथ्लेटिक्स, र ई–स्पोर्ट्स गरी ६ विधामा सञ्चालन हुनेछ। देशका ७७ वटै जिल्लामा प्रतिभा खोजी तथा छनोट कार्यक्रम सञ्चालन गरिनेछ। […]

लोकतन्त्रलाई षड्यन्त्रमार्फत दलतन्त्रमा परिणत गरियो : प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले लोकतन्त्रलाई षड्यन्त्रमार्फत दलतन्त्रमा परीणत गरिएको बताएका छन् । नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्रलाई षड्यन्त्रपूर्ण ढंगले दलतन्त्रमा परीणत गरिएको बताएका हुन् । उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘आज १० वर्षको अभ्यास हेर्दा नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ?’ वास्तविक लोकतन्त्रका लागि गद्दार नेताहरूको लुटतन्त्रबिरुद्ध निर्णायक संघर्ष […]

शशांक निवासमा चियापान, पूर्वपदाधिकारीको छुट्टै समूह बनाउने तयारी

कांग्रेस नेता शशांक कोइरालाले महारागन्जस्थित निवासमा चियापान कार्यक्रम गरेका छन् । पार्टीका पूर्वपदाधिकारी लगायत नेताहरुलाई निमन्त्रणा गरेर उनले आज चियापान कार्यक्रम आयोजना गरेका हुन् । आगामी महाधिवेशनमा छुट्टै समूह बनाउने उद्देश्यले चियापानसँगै नेताहरूले छलफल चलाएका छन् । नेताहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमा गच्छदार, प्रकाशशरण महतसहितको बैठक सुरु भएको छ । चियापानमा नेताहरु […]

“सामाजिक अभियन्ता” शर्मिला वाइवालाई कुट्ने दुई जना पक्राउ

पोखरा, ११ बैशाख २०८२। आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाईवालाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर घर भई काठमाडौं बस्ने ३५ वर्षीय शर्मिला श्रेष्ठ भन्ने शर्मिला राई र चाँगुनारायण बस्ने ४२ वर्षीय बाबु भन्ने कुवेर सिलवाल रहेका छन् । उनीहरुविरुद्ध वैशाख ३ गते साँझ पांच बजे गोठ्ठाटार […]