शशांक निवासमा चियापान, पूर्वपदाधिकारीको छुट्टै समूह बनाउने तयारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कांग्रेस नेता शशांक कोइरालाले महारागन्जस्थित निवासमा चियापान कार्यक्रम गरेका छन् ।

पार्टीका पूर्वपदाधिकारी लगायत नेताहरुलाई निमन्त्रणा गरेर उनले आज चियापान कार्यक्रम आयोजना गरेका हुन् ।

आगामी महाधिवेशनमा छुट्टै समूह बनाउने उद्देश्यले चियापानसँगै नेताहरूले छलफल चलाएका छन् ।

नेताहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमा गच्छदार, प्रकाशशरण महतसहितको बैठक सुरु भएको छ ।

चियापानमा नेताहरु एनपी साउद, दिलेन्द्र बडु, पुस्पा भुसाल, दीपक गिरी, अम्बिका बस्नेत,गुरु बराल,  नैन सिंह महर, राजीव ढुंगाना, शिव हुमागाईं लगायत सहभागी छन् ।अरु नेता कार्यकर्ता चियापान गरिरहेका बेला शशांकसहितका पूर्वपदाधिकारीहरू छुट्टै बैठक बसेका हुन् ।