“सामाजिक अभियन्ता” शर्मिला वाइवालाई कुट्ने दुई जना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, ११ बैशाख २०८२।

आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाईवालाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुर घर भई काठमाडौं बस्ने ३५ वर्षीय शर्मिला श्रेष्ठ भन्ने शर्मिला राई र चाँगुनारायण बस्ने ४२ वर्षीय बाबु भन्ने कुवेर सिलवाल रहेका छन् ।

उनीहरुविरुद्ध वैशाख ३ गते साँझ पांच बजे गोठ्ठाटार पहेँलो पुल नजिकै मन्दिर अगाडी शर्मिला वाईवालाई ज्यान मार्ने उद्देश्यले फलामको रड प्रहार गरी गम्भीर घाइते बनाएको आरोप लगाइएको छ।

घटनापश्चात फरार रहेकी शर्मिला श्रेष्ठलाई ललितपुर महालक्ष्मीबाट र कुवेरलाई भक्तपुर चाँगुनारायणबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

काठमाण्डौस्थित प्रहरी वृत्त बानेश्वरको हिरासतमा रहेका उनीहरुका बिरुद्ध काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसूरमा पक्राउ पुर्जी जारी भएको प्रहरीले बताएको छ।

उनीहरूबिरुद्ध थप आबश्यक अनुसन्धान कारबाहीको शुरु भएको प्रहरीले जनाएको छ।