पोखरा, १० बैशाख २०८२।
संखुवासभा सदरमुकाम खाँदबारीस्थित एक बोर्डिङ स्कुलका शिक्षक विद्यालयमा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
विद्यालयमा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प खाँदबारीस्थित सूर्य सेकेण्डरी बोर्डिङ स्कुलमा कार्यरत शिक्षक बिवेक खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।
चैनपुर नगरपालिका ३ सिद्धकाली घर भएका शिक्षक खत्रीले आफ्नै विद्यालयमा अध्ययन गर्ने बालिकालाई गत आइतबार बिहान करिव १ बजे छात्राबासमा दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी निरिक्षक रामकुमार लामिछानेले जानकारी दिए।
पक्राउ परेका खत्री विद्यालयकै होस्टलमा बस्दै आएको प्रहरी प्रवक्ता लामिछानेले बताए। उनले बालिकालाई आफू सुत्ने कोठामा बोलाई बाल यौन दुरुपयोग गरेको भन्दै प्रहरीमा उजुरी परेपछि पक्राउ गरिएको उनले बताए ।
अभियुक्तलाई संखुवासभा जिल्ला अदालत चैनपुरबाट पाँच दिनको म्याद थप गरी बाल यौन दुरुपयोग कसुरमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ