ट्रम्प मध्यावधि चुनावबाट बलियो बन्ने मिलेईको आशा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावबाट राष्ट्रपति डोनाल्ड ट्रम्प थप बलियो भएर उदाउने आशा व्यक्त गरेका छन्। उनले ट्रम्पको चुनावी सफलता अमेरिका मात्र नभई समग्र पश्चिमी जगत्का लागि महत्त्वपूर्ण हुने बताए।

बुधबार आयोजित हिस्पानिक हेरिटेज गालामा बोल्दै मिलेईले गोलार्धमा आफ्नो पक्षको पुनःविजयका लागि कुनै पनि अवसर गुमाउन नहुने बताए। “जित्नु पहिलो चरण मात्र हो । अब हामीसँग अमेरिकालाई फेरि महान् बनाउने जनादेश छ”, उनले भने।

मिलेई बुधबार अमेरिकी राजधानी वासिङ्टन पुगेका थिए। उनले लगानीकर्ताहरूसँग भेटघाट गरेका छन् भने बिहीबार अमेरिकी वाणिज्य सङ्घमा सम्बोधन गर्ने कार्यक्रम छ।

मिलेई ल्याटिन अमेरिकामा ट्रम्पका निकट सहयोगीमध्ये एक हुन्। एक वर्षअघि अर्जेन्टिनामा महत्त्वपूर्ण विधायी निर्वाचन हुन लाग्दा ट्रम्पले उgलाई दृढ समर्थन गरेका थिए। ट्रम्पको समर्थन र अमेरिकी अर्थ मन्त्रालयसँग भएको मुद्रा विनिमय सम्झौताले उक्त निर्वाचनमा मिलेईको सफलतामा योगदान पुर्‍याएको थियो।

पछिल्ला वर्षमा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा दक्षिणपन्थी राजनीतिक धार तीव्र रूपमा बलियो बनेको छ । ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि यो प्रवृत्ति अझ बढेको छ।