चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन ‘टिकटिङ’ सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चितवन राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई लक्षित गर्दै बिहीबारदेखि अनलाइन टिकटिङ सेवा सुरु भएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले निकुञ्ज भ्रमणमा जाने पर्यटकको सहजताका लागि डिजिटल सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

मन्त्रालयका अनुसार पहिलो चरणमा चितवनबाट थालिएको यो सेवा आगामी दिनमा बर्दिया र सगरमाथा राष्ट्रिय निकुञ्जमा समेत विस्तार गर्ने तयारी गरिएको छ।