पूर्णबहादुर खड्काको फेसबुक आधा घण्टा ह्याक भएपछि…

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो फेसबुक अकाउन्ट करिब आधा घण्टाका लागि ह्याक भएको बताएका छन्।

आइतबार दिउँसो खड्काले फेसबुकमार्फत तत्काल शुभचिन्तकले जानकारी गराएपछि जाँच गरेर अकाउन्ट ठीक पारिएको बताएका हुन्। ह्याक भएको समयमा आफ्नो फेसबुकबाट कुनै गलत पोस्ट भएको भए त्यसलाई अन्यथा नलिन उनले आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘मेरो फेसबुक कसैले केही समय (करिब आधा घण्टा जति) ह्याक गरिदिएको बुझियो। तत्काल शुभचिन्तकहरूले जानकारी गराएकोले चेक गर्न लगाएर ठीक गर्न लगाइयो। त्यो बिचमा मेरो फेसबुकवालबाट कुनै गलत पोस्टहरू गरिएका भए अन्यथा नलिइदिनु हुन सबै साथी-शुभचिन्तकहरुमा विनम्र अनुरोध गर्दछु।’