रवि लामिछानेले गरेको विश्वास कायम राख्नेछु : गृहमन्त्री गुरुङ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रवि लामिछानेले गरेको विश्वास कायम राख्नेछु : गृहमन्त्री गुरुङगृहमन्त्री सुधन गुरुङले रास्वपा सभापति रवि लामिछानेले आफूलाई दिएको जिम्मेवारी र विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन्।

काठमाडौंमा आयोजित जेनजी शहीदहरूको स्मृतिसभालाई सम्बोधन गर्दै उनले जेनजी पुस्ताले राखेको अपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए

पार्टी सभापति लामिछानेले आफूलाई सरकारमा रहेर सुशासनको उदाहरण प्रस्तुत गर्न जिम्मेवारी दिएको उनकझो भनाइ थियो । उनले उक्त विश्वासलाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

गुरुङले आफू मन्त्रीका साथै दाइ, भाइ र छोराको भूमिकामा पनि रहेको उल्लेख गर्दै देशमा फेरि गोली चल्ने अवस्था आउन नदिने दाबी गरे।