मकवानपुरमा आज एकाबिहानै बस दुर्घटनाग्रस्त हुँदा १६ जना यात्री घाइते भएका छन्।
इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा बिहीबार बिहान दुर्घटनाग्रस्त हुँदा १६ यात्रु घाइते भएका हुन्। घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।
उक्त बस सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। बस चालक बाराको कोल्बी नगरपालिका-११ का २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।