दश महिनामा ८८ अर्ब बराबरको निर्यात

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चालु आर्थिक वर्षको प्रथम १० महिनामा ८८ अर्ब २२ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात भएका छन्।

गत आवको सोही अवधिमा ८३ अर्ब २५ करोड रुपैयाँ  बराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले बताए।

चालु आवको १० महिनामा ४८ अर्ब ११ करोड रुपैयाँ बराबरको भटमासको प्रशोधित तेल, पाँच अर्ब ३५ करोडको प्रशोधित सूर्यमुखी तेल तथा छ अर्ब ४२ करोड रुपैयाँ बराबरको फलफूलको रस निर्यात भएको छ।

यसैगरी तीन अर्ब तीन करोडका कपडा तथा दुई अर्ब २५ करोड रुपैयाँ बराबरको ‘सिन्थेटिक यार्न’  निर्यात भएको छ।