भारतको कर्नाटक राज्यका मुख्यमन्त्री सिद्धारमैयाले आफ्नो पदबाट राजीनामा दिएका छन्। कर्नाटकका गभर्नर थावरचन्द गहलोतले शुक्रबार उनको राजीनामा स्वीकृत गरेका हुन्।
नयाँ उत्तराधिकारी नियुक्त नभएसम्म उनी कामचलाउ मुख्यमन्त्रीका रूपमा रहनेछन्। सिद्धारमैयाको राजीनामासँगै उनको नेतृत्वमा रहेको मन्त्रिपरिषद् भंग भएको लोक भवनद्वारा जारी सूचनामा उल्लेख छ। अब उपमुख्यमन्त्री डीके शिवकुमार कर्नाटकको नयाँ मुख्यमन्त्री बन्ने भएका छन्।
गभर्नर गहलोत व्यक्तिगत कारणले इन्दौरमा रहेकाले सिद्धारमैयाले बिहीबार नै राज्यपालका विशेष सचिवलाई आफ्नो एक-लाइनको राजीनामा बुझाएका थिए। कर्नाटकमा कांग्रेसले सरकार बनाएदेखि नै सिद्धारमैया र डीके शिवकुमारबिच अढाई-अढाई वर्ष मुख्यमन्त्री बन्ने ‘पावर सेयरिङ’ को सहमति भएको चर्चा चल्दै आएको थियो।
राजीनामा दिएको भोलिपल्ट शुक्रबार बिहान सिद्धारमैयाले दिल्लीस्थित सोनिया गान्धीको निवास (१०, जनपथ) पुगेर राहुल गान्धीसँग भेटघाट गरेका छन्। भेटमा उनका छोरा यतीन्द्र पनि सँगै थिए। सोनिया गान्धी उपस्थित नरहेको उक्त भेटमा सिद्धारमैयाले राज्यको सेवा गर्ने अवसर दिएकोमा राहुललाई धन्यवाद दिँदै नेतृत्वको निर्देशन अनुसार नै राजीनामा दिएको बताए। करिब एक घण्टा लामो उक्त भेटलाई सौहार्दपूर्ण भन्दै कांग्रेस महासचिव रणदीप सुरजेवालाले राज्यमा सत्ता हस्तान्तरणको प्रक्रिया सहज रूपमा हुने बताए।
सिद्धारमैयाले पछि कांग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेलाई पनि भेटेर नयाँ सरकार गठन र आफ्नो भावी भूमिकाबारे छलफल गरेका थिए। स्रोतका अनुसार सिद्धारमैयाले आफ्ना छोरा र आफूनिकट नेताहरूका लागि नयाँ मन्त्रिपरिषद्मा उपमुख्यमन्त्री पदको माग गर्न सक्ने सम्भावना छ।
भारतीय सञ्चारमाध्यमका अनुसार राजीनामा बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा सिद्धारमैयाले कांग्रेस नेतृत्वले राज्यसभा सदस्यको प्रस्ताव गरे पनि आफूले त्यसलाई अस्वीकार गरेको खुलासा गरेका थिए। उनले भने, ‘राष्ट्रिय राजनीतिमा मलाई कुनै रुचि नभएकाले मैले विनम्रतापूर्वक प्रस्ताव अस्वीकार गरेँ।’
आफू राज्यकै राजनीतिमा सक्रिय रहने स्पष्ट पार्दै उनले थपे, ‘म राज्यमा साम्प्रदायिक शक्तिहरूसँग लड्न जारी राख्नेछु।’ जनताले पाँच वर्षका लागि निर्वाचित गरेकाले आफू विधायकको रूपमा निरन्तर क्रियाशील रहने उनको भनाइ रहेको थियो।
सिद्धारमैयाको राजीनामापछि भावी मुख्यमन्त्रीका रूपमा हेरिएका उपमुख्यमन्त्री डीके शिवकुमारले सामाजिक सञ्जाल एक्समा एक भावुक पोस्ट गर्दै उनको राजनीतिक यात्राको प्रशंसा गरेका छन्। मैसुरुको एउटा सानो गाउँबाट सुरु भएर राज्यको सर्वोच्च पदसम्म पुगेका सिद्धारमैयाको यात्रा सामाजिक न्यायप्रतिको प्रतिबद्धताको प्रतीक भएको शिवकुमारले उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘भगवानले वरदान वा श्राप दिँदैनन्। उनले केवल अवसरहरू दिन्छन्। वास्तवमा के महत्त्वपूर्ण छ भने हामीले ती अवसरहरूलाई के बनाउँछौँ।’ २०२० मा आफू प्रदेश कांग्रेस अध्यक्ष बनेदेखि सिद्धारमैया आफ्नो बलियो खम्बा बनेको स्मरण गर्दै शिवकुमारले अगाडि लेखेका छन्, ‘यदि तपाईं छिटो हिँड्न चाहनुहुन्छ भने, एक्लै हिँड्नुहोस्। यदि तपाईं टाढा हिँड्न चाहनुहुन्छ भने, सँगै हिँड्नुहोस्। भनाइ अनुसार, म कर्नाटकका जनताको लागि यो यात्रालाई सँगै अगाडि बढाउन तत्पर छु।’