विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ घर भएर काठमाडौँ बस्दै आएका ४७ वर्षीय शैलेन्द्र पाण्डे छन् ।
विदेशमा आकर्षक तलबको रोजगारीमा पठाउँछु भनेर उनले ३५ लाख ७० हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए ।
सर्विया र स्लोभाकिया लगायतका देशमा पठाउँछु भनेर उनले १३ जना पीडितहरुबाट रकम लिएर सम्पर्क विहीन भएका थिए । सोमबार काठमाडौँको नागार्जुन नगरपालिका–९ बाट पक्राउ गरेर उनलाई वैदेशिक रोजगार विभागमा बुझाइएको एसपी कार्कीले जानकारी दिए ।