अर्थमन्त्री डा. वाग्ले र अमेरिकी विशेष दूतबीच भेटवार्ता, आर्थिक सहकार्य तथा विकास सहायताबारे छलफल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ।

शुक्रबार दिउँसो करिब साढे तीन बजे अर्थ मन्त्रालयमा भएको उक्त भेट लगभग २० मिनेटसम्म चलेको बताइएको छ।

भेटका क्रममा नेपाल-अमेरिका द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विषयका साथै विकास सहायता सम्बन्धी विभिन्न पक्षमा छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ।

दुवै पक्षले आपसी साझेदारी विस्तार तथा सहकार्यका सम्भावित क्षेत्रहरूबारे विचार-विमर्श गरेको जनाइएको छ।