आज टहरा भत्काइएका सुकुम्बासीलाई खरिपाटीदेखि बनेपासम्म ५ स्थानमा राखिने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– शुक्रबार काठमाडौंका विभिन्न स्थानमा रहेका भत्काइएका टहराका सुकुम्बासीलाई सरकारले खरिपाटीदेखि बनेपासम्म ५ स्थानमा अस्थायी बसोबासको बन्दोबस्त गरेको छ।

बल्खु, वंशीघाट, बालाजु, शंखमुललगायतका क्षेत्रमा रहेका सुकुमवासीका घर टहरा भत्काइएको छ ।

तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गरिने भएको हो।

सुकुमवासीलाई अस्थायी बसोवास गर्ने स्थानमा लैजानुअघि दशरथ रंगशालामा विवरण टिपाउने कार्य भइरहेको छ। अहिलेसम्म ७५ जनाले स्वेच्छिक रूपमा रंगशाला पुगेर आफ्नो विवरण दर्ता गराएको जानकारी गराइएको छ।

रंगशालामा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले विवरण संकलनको कार्य गरेको छ।