२६ वर्षदेखि भाग्दै हिडेका हत्यारा कैलालीमा पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरेका एक व्यक्ति कैलालीमा पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीले विसं २०५६ असार ११ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेर सात वर्ष एक महिना १४ दिन कैदको फैसला सुनाइएका कैलालीको गोदावरी नगरपालिका-११ का ५९ वर्षीय काले कामी बुधबार पक्राउ परेका हुन्।

अदालतले दोषी ठहर गरेर कैद सजायं सुनाए पछि भागेर लुक्दै हिडेका कामीलाई बुधबार गोदावरी नगरपालिका-११ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।