अमेरिका–इरान शान्ति वार्ता असफल भएपछि ट्रम्पद्वारा होर्मुजमा नाकाबन्दीको घोषणा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले होर्मुज जलमार्ग हुँदै जाने जहाजहरूलाई नाकाबन्दी गर्ने घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत यो मार्ग प्रयोग गर्ने जुनसुकै जहाजलाई रोकिने र जाँच गरिने उल्लेख गरेका छन्। विशेष गरी इरानलाई टोल (शुल्क) तिर्ने जहाजहरूलाई निगरानीमा राखिनेछ।

ट्रम्पका अनुसार, इरानलाई अवैध रूपमा टोल तिर्ने जहाजहरूलाई सुरक्षित मार्ग दिइने छैन। यस कदमले इरानको आर्थिक शक्ति कमजोर पार्ने लक्ष्य राखिएको छ। उनले भने, ‘अमेरिका जुनसुकै परिस्थितिका लागि तयार छ र आवश्यक परे युद्ध अन्त्य गर्न कदम चाल्नेछ।’

यसअघि इरानका उप–संसद अध्यक्ष हाजी बाबाईले उक्त जलघाँटी इरानको नियन्त्रणमा रहेको बताएका थिए। उनले यसलाई तेहरानको “रेड लाइन” भन्दै त्यहाँबाट गुज्रने जहाजहरूले इरानी मुद्रा रियालमा टोल तिर्नुपर्ने बताएका थिए।

इरान र संयुक्त राज्य अमेरिकाबीच हिजो इस्लामाबाद मा २१ घण्टा लामो शान्ति वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन। रिपोर्टका अनुसार, होर्मुज जलघाँटी खोल्ने विषय र आणविक कार्यक्रमका मुद्दामा दुबै पक्षबीच विवाद कायम छ।