छुटे कलाकार बले

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ – कलाकार सागर लम्साल(बले) रिहा भएका छन् । उनी शुक्रबार रिहा भएका काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले बताए ।

बलेलाई अमेरिकामा अध्ययनरत युवतीले बलात्कारको आरोप लगाएकी थिइन् ।

यद्यपि उजुरी भने परेको थिएन।  सामाजिक सञ्जालमार्फत बलात्कार आरोप लागेको दोस्रो दिन बले पक्राउ परेका थिए। उनीविरुद्ध उजुरी नपरे पनि अभद्र व्यवहारको कसुरमा थुनामा राखिएको थियो। तर शुक्रबार उनी रिहा भएका छन्।