संसदीय सुनुवाइ समिति गठन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ – प्रतिनिधि सभाले संसदीय सुनुवाइ समिति गठन गर्ने प्रस्ताव पारित गरेको छ।

शुक्रबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई सदनले अनुमोदन गरेको हो।

गठित समितिमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भिष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीव खत्री, डा। लेखजंग कार्की र वर्षमान पुन सदस्यका रूपमा चयन भएका छन्।